दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

समाचार

7/27/2019

मोरङ, ११  साउन । मोरङमा दुई जनालाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरी गाउँपालिका–५ जहदा बस्ने २६ वर्षीय धन केशर राई र उर्लाबारी नगरपालिका–४ बस्ने ४४ वर्षीय शम्भु गहतराजलाई लोड अवस्थामा रहेको भरुवा बन्दुक २ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरी गाउँपालिका–७ स्थित जनजागृती सामुदायिक वनमा अस्थायी प्रहरी चौकी कानेपोखरी, ईलाका वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ