काठमाडौं, १२ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दूरसञ्चारमा झालाई पुनः नियुक्त गरेको थियो ।
नेकपाको स्थायी समितिको बैठकमा झाको नियुक्तिप्रति केही नेताहरुले सरकारको आलोचना गरेपछि आज उनले राजीनामा बुझाएका हुन् । झालाई गत भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले तेस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।
तपाईको प्रतिक्रिया