नेपाल–भारत पेट्रोलियम पाइपलाइन आज उद्घाटन हुँदै

समाचार

9/10/2019

काठमाडौं, २४ भाद्र । नेपाल तथा भारतका प्रधानमन्त्रीले आज नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दैछन् । यसका लागि दुवै देशमा सबै तयारी पूरा भएको छ ।

दुवै प्रधानमन्त्रीले आआफ्नो देशबाट बटन थिचेर दिउसो १२ बजेर १५ मिनेटमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप अन हुन्छ ।

त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेपछि यता अमलेखगञ्जमा तेल झारिन्छ । तेल पहिल्यै पाइपमा भरेर राखिएको हुनाले स्वीच थिच्नासाथ तेल खस्न थाल्नेछ ।

पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ