काठमाडौं, १० फागुन । भारत–नेपाल कृषिमा नयाँ साझेदारीको एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोलीले भारतको गाजियाबादस्थित National Centre of Organic Farming (NCOF) मा माघ १८ देखि फाल्गुण १८ गतेसम्म सञ्चालन हुने एक महिने तालिम लिइरहेका छन् ।
यसअघि २० नेपाली सहभागीहरुको टोलीले गत कार्तिक २९ देखि मङ्सिर २८ सम्म सञ्चालन भएको तालिम सफलतापूर्वक पूरा गरेका थिए ।
यस तालिमका मुख्य उद्देश्यहरु माटोको स्वास्थ्यलाई सुधार गर्न प्रमाणित प्राङ्गारिक खेतीलाई प्रवर्धन गर्ने, उत्पादन गुणस्तर, उत्पादकत्व, माटोको स्वास्थ्य तथा वातावरणमा प्राङ्गारिक प्रभाव वृद्धि गर्ने, जैविक मल तथा जैविक किटनासक उत्पादन इकाईको स्थापना गरी प्राङ्गारिक बीउको आपूर्तिलाई सुनिश्चित गर्ने, नेपाली विशेषज्ञ तथा किसानको मानव स्रोत विकास गरी माटो परीक्षण तथा प्राङ्गारिक प्रमाणीकरणमा क्षमता विस्तार गर्ने रहेको छ ।
२०७४ चैत्रमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले “भारत(नेपाल कृषिमा नयाँ साझेदारी’ को सुभारम्भ गरेका थिए ।
त्यसपछि २०७५ आषाढमा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नयाँदिल्लीस्थित Indian Agricultural Research Institute (IARI) तथा गाजियावाद स्थित National Centre of Organic Farming (NCOF) को भ्रमण गर्नुका साथै उनका समकक्षी कृषि तथा किसान कल्याण मन्त्री राधा मोहन सिंहसँग पनि भेटवार्ता गरेका थिए ।
तपाईको प्रतिक्रिया