नेपालगन्ज, ९ भाद्र । नेपालगञ्ज उपमहानगरपालिकामा नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरी हेल्प डेस्क सञ्चालनमा आएपछि सेवाग्राहीलाई सजिलो हुने भएको छ ।
अहिले कार्यालयको कामका लागि आउने सेवाग्राही निः शूल्क रुपमा स्वास्थ चेकजाँच गरी फर्कने गरेका छन् । स्वास्थ्य जाँचका लागि समय नै मिलेको थिएन उपमहानगरपालकामा भेटिएका एक सेवाग्राहीले भने – काम लिएर आउँदा स्वास्थ्य जाँच पनि गर्न पाइयो, यो सबैका लागि फाइदाजनक छ ।
उपमहानगरपालिकाले वैशाखदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।
कार्यालय प्रवेशको मूल प्रवेशद्धारमा रहेको हेल्थ डेस्कमा एक जना सेवाग्राहीको स्वास्थ्य चेकजाँच र परामर्शमा खटाइएको छ । कार्यालयमा आउने सेवाग्राहीको चाप अनुसार दैनिक पाँचदेखि ३० जनासम्म सेवाग्राहीले विभिन्न सेवा लिँदै आएका छन् ।
तपाईको प्रतिक्रिया