विराटनगर, १० फागुन । प्रदेश १ को ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ । सो विधेयकमाथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।
प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेका थिए । यस्तै, ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्र्रस्तावस्वरुप सदनमा पेश भएको हो ।
तपाईको प्रतिक्रिया