वीरगन्ज, ४ माघ । शान्ति पोलि क्लिनिकको आयोजनामा प्रदेश २ मा पहिलोपटक डाइट क्लिनिकको उद्घाटन गरिएको छ ।
यस क्लिनिकबाट स्वस्थ र अ–स्वस्थ व्यक्तिहरुलाई उमेर र वजन हेरी उपचार गरिने डाइट क्लिनिकका डाक्टर निशा सिंहले बताइन् ।
यस क्लिनिकबाट बिरामीहरुलाई छुट्टै र बिरामी नभएकोलाई छुट्टै उपचार व्यवस्था मिलाइएको शान्ति पोलि क्लिनिकका सञ्चालक प्रमोद सर्राफले बताए ।
शुक्रबार भएको उद्घाटन कार्यक्रममा अतिथिको रुपमा वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल केडिया, डा.निरज सिंह, डा.कुषराज गिरी, डा.मनोज गुप्ता, डा.लक्ष्मी थापा गुप्ता लगायतको कार्यालय उद्घाटनमा उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया