रुपन्देही, ८ माघ । प्रदेश ५ को राजधानी बुटवलमा सुबिधा सम्पन्न विभिन्न ब्राण्डका साना गाडीहरुको मर्मत सम्भार साथै डाएग्नोस्टिक तथा स्क्यानिङ, पेन्टिङ तथा सम्पूर्ण कार्य गर्ने गरी बुटवलमा रोडज आटो मार्ट स्थापना भएको छ ।
५ करोडको एकल लगानीमा उक्त मार्टको सुरु भएको छ । एक कार्यक्रमका बीच बाल ब्रहमचारी ईश्वरीय विश्व विद्यालय नेपालका सह निर्देशक, बाल ब्रहमचारिणी वरिष्ठ राजयोगिनी कमला दिदीले उक्त मार्टको उद्घाटन गरिन् ।
उदघाटनमा सवारी साधनको प्रयोगकर्ताहरुका लागि यस अटो मार्टका सुविधाले अन्यत्र धाउने समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताइन् ।
करिब ५ करोडकोे लगानीमा स्थापित मार्टले हप्ताको सातै दिन सेवा उपलब्ध गराउने तथा नेपालको कुनै स्थानमा पनि गाडी बिग्रएमा सो स्थानमै पुगेर गाडीको मर्मत गर्ने सुविधा पनि उपलब्ध गराईने मार्टका संचालक तथा प्रबन्ध निर्देशक सुदिप बिक्रम कार्कीले बताए ।
अटो मार्टका संचालक विजय कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल ब्रहमचार्य राजयोगि नारायण भाईजी, एनसिसी बैंक ५ न प्रदेशका प्रमुख मेघनाथ पाण्डे, प्रिमियर ईन्सुरेन्सका मयानेजर विक्रम अधिकारी, पत्रकार यमलाल भुषाल, समाजसेवी तिलकराम पौडेल लगायतले प्रदेश नं ५को राजधानी बुटबलमा सुबिधा सम्पन्न उद्योग भएको बताएका छन् ।
सातैदिन सेवा दिने यो प्रदेश नं ५को ठुलो अटो मार्ट भएको कम्पनीका अध्यक्ष कार्कीले बताए । रुपन्देही लगायत अन्य जिल्लामा पनि यस्ता धेरै मार्ट रहेको भएपनि बिग्रेको ठाउँमा गएर सातैदिन सेवा दिने अटोमार्ट नभएको उनले बताए । राजधानी भएसँगै रुपन्देहीमा सबारी साधनको चाप अत्याधिक बढेको छ ।
तपाईको प्रतिक्रिया