परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेट

समाचार

9/26/2018

काठमाडौं, १० असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री अमेरिकाको न्युयोर्क गएका हुन् । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो ।

छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको परराष्ट्र सचिव शङ्करदास वैगागीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ