पर्सा, ३० पुस । वीरगंज महानगरपालिका–११ मुर्ली चोक बस्ने ३५ वर्षीय जगरनाथ महतोकी श्रीमती ३३ वर्षीया सुनिता देबीले खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्कन गई सोमबार बिहान आगलागी भएको छ ।
उक्त आगलागीमा जलेर घाइते भएका दुवै जनालाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लगिएकोमा थप उपचारको लागि काठमाडौंतर्फ लगिएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया