प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ : राज्यमन्त्री यादव

समाचार

9/23/2018

रौतहट, ६ असोज । संघीय प्रेस फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन शनिवार सदरमुकाम गौरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।

प्रेस फोरम जिल्ला तदर्थ समिति रौतहटको अध्यक्ष किशोरी यादवको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसन्नवाट सम्वोधन गर्दै प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले संघीयता र लोकतन्त्रको लागि पूर्ण स्वतन्त्र प्रेस हुनुपर्ने बताएका छन् ।

प्रेस फोरम विशुद्ध रुपमा स्वतन्त्र रहेको जिकिर गर्दै राज्यमन्त्री यादवले प्रेस माथि अंकुश लगाउन खोजेका मुलुकमा लोकतन्त्र धरापमा परेको उल्लेख गरे । प्रदेश २ का सरकारले प्रेस स्वतन्त्राको पक्षमा रहेको बताए । मधेश आन्दोलनको समयमा गौरमा पत्रकारहरुलाई सटरमा थुनेर सुरक्षाकर्मीहरुले हानेको आश्रु ग्यासको घटनालाई स्मरण गर्दै राज्यमन्त्री यादवले भने सुरक्षा निकायले पत्रकार माथि गर्दै आएको दमन बन्द गर्नु पर्ने धारणा राखे ।

नेपालको संविधानले प्रेस र अभिव्यतिm स्वतन्त्रताको ग्यारेन्टी गरेको परिपेक्ष्यमा प्रेस माथि नियन्त्रण गर्ने सोच लोकतन्त्र गणतन्त्र र संघियताको लागी खतरा रहेको दावी गरे ।

पत्रकारले पनि अरुको मान प्रतिष्ठालाई ख्याल गर्दै सत्य तथ्य समाचार लेख्नु पर्ने सुझाव दिए । पत्रकारलाई मिशन सहित व्यवसायी पत्रकारिता गर्नु पर्ने बताउदै राष्ट्र र समाज प्रति उतरदायित्व निर्वाह गर्नुपर्ने प्रष्ट पारे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले रौतहटमा अहिले परिस्तिले धेरै समस्या निम्त्याएको बताए । पत्रकारको गुट उपगुटको कारण संचारकर्मी सित कुरा गर्न कठिनाई भएको उनको भनाई रहेको छ ।

पार्टीको प्रति आस्था राखेर पत्रकारिता गर्नाले समाजमा नकारात्मक प्रभाव पर्ने सम्भवना बढी देखिएको विशलेषण गरे । संघिय प्रेस फोरमले जिल्लामा देखिएको अनेकतालाई एकतामा परिणत गराउने भुमिका खेल्नु पर्ने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी रिजालले गाउ समाजमा देखिएको अन्धविश्वास , विभेद , उत्पिडनमा परेका जात जाती वर्गको वारेमा कलम चलायन पत्रकारहरुलाई सुझाव दिदै कसैको दवाव प्रभावमा नपरि सत्य तथ्य र विश्वसनिय समाचार लेखन आग्रह गरे ।

बरिष्ठ पत्रकार विनयलाल दासले संघिय सरकारले नया कानुन लागु गरेर प्रेस माथि अंकुश लगाउन खोजेको आरोप लगाए । उनले जारी गरिएको मुलुकी अपराध संहिता २०७४ मा संशोधन गर्न माग गरे ।

संघिय प्रेस फोरम प्रदेश २ को उपाध्यक्ष सुरेश यादवले संघियता ,लोकतन्त्र र गणतन्त्रको बलियो बनाउनको लागि प्रेस फोरमको स्थापना गरिएकोले अधिकार विहिनको अधिकारको लागी अहम भुमिका निर्वाह गर्ने बताए ।

नेपाल पत्रकार महासंघको अध्यक्ष रविन्द्र साहले राम्रो लेख्दा र नराम्रो लेख्दा पत्रकारलाई आलोचना र आक्रमणको शिकार हुनु पर्ने अवस्थाको सृजना भएको बताए । पत्रकारको सुरक्षाको जिम्मेवारी सरकारलाई लिनुपर्ने बताए ।

उदघाटन कार्यक्रममा माधव नारायण नगरपालिकाको प्रमुख विरेन्द्र यादव , फोरमका गौर नगरपालिकाका उपप्रमुख प्रत्यासी शेख अमरुल , युवा नेता एवम रौतहट उधोग वाणिज्य संघका महासचिव रवि यादवलगायतका वक्ताहरुले आ आफनो शुभकामना मनतव्य राखेका थिए ।

जिल्ला अधिवेशनवाट सर्व सहमतिवाट किशोरी यादवको अध्यक्षतामा १९ सदसिय नया जिल्ला कार्य समितिको गठन भएको छ ।

समितिको उपाध्यक्षमा ओम प्रकाश यादव, राम विश्वास मुखिया, सचिवमा चंचल झा, सहसचिवमा अपर्ण झा, कोषाध्यक्षमा अजित कर्ण, सदस्यमा विश्वनाथ राम, दिपेन्द्र यादव, पप्पु झा, करण मिश्र, दिलिप पाण्डेय, मन्जु कुमारी साह, रिंकी कुमारी साह, जितन यादव, संजिव झा, दिपेन्द्र चौधरी, सल्लाहकारमा बरिष्ठ पत्रकार विनयलाल दास रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ