बाइपास सर्जरीमार्फत् सफल शल्यक्रिया

समाचार

8/31/2019

वीरगन्ज, १३ भाद्र । नेशनल मेडिकल कलेजले हट एटेक भएका बिरामी हदिश मिया अन्सारीलाई बाईपास सर्जरी मार्फत सफल शल्यक्रिया गरेको छ ।

प्रदेश नम्बर २ मा प्रथम पटक मुटुरोग लागेको बिरामीको शल्यक््िरmया गरेर बिरामीहरुको स्वास्थ लाभ प्रदान गर्न सफल भएको छ ।

नेशनल मेडिकल कलेजले शिक्षण अस्पतालमा वीरगंज तथा प्रदेश नं. २ को गौरवको प्रतिक यस प्रदेशका सम्पुर्ण जिल्लाहरु तथा छिमेकी राष्ट्रबाट आएका बिरामीहरु सस्तो र सुलभ उपचार गर्नु साथै केही निशुल्क सेवा दिँदै आएको छ ।

यस प्रदेश नम्बर २ मा पहिलो पटक यस मेडिकल कलेजमा २४ घण्टा इमर्जेन्सी सेवा साधारण उपचारको साथ साथै विशेष उपचारको सुविधा जस्तै न्युरो सर्जरी, कोरोनरी एन्जीयोग्राफी, स्टेन्टीङ्गी, प्लास्टीक सर्जरी, युरो सर्जरी, लेजर उपचार, पेडियाट्रीक सर्जरी, ट्रोमा सर्जरी, ल्याप्रोस्कोपीक सर्जरी इत्यादीको व्यवस्था रहेको छ ।

सोही क्रममा मुटुरोग लगेको बिरामी जिल्ला बारा फेटा गा. वि.स. वडा. नं. ३ का ५८ बर्षे महम्द हादीश मियाँ अंसारी संग उपचारको खर्च गर्ने ५ लाख रुपैया को वइवस्था नरहेकोे आर्थिक स्थिति कमजोर भएको जसलाई सम्पुर्ण खर्च निशुल्क गरी उपचार गरिएको छ ।

यस मेडिकल कलेजमा हदिश मिया अनसारी लाई जाँच गर्दा मुटुको तीनवटै नशा जाम भएको लाई अप्रेशन गरेर सफल शल्यक््िरmया भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ