बुटबलको व्यापार मेला सम्पन्न

समाचार

1/3/2019

चन्द्रकान्त खनाल, रुपन्देही, १९ पुस । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुष ५ गतेदेखि सञ्चालित लुम्बिनी एक्स्पो–२०७५, अन्तराष्ट्रिय व्यापार मेला बुधबार समापन भएको छ ।

मेला आयोजना स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमको आयोजना गरी एक्स्पोको समापन गरिएको थियो । यस पटकको एक्स्पोमा सहभागीहरुलाई प्रकृति र विशेषतालाई आधार बनाएर १२ वटा पेभेलियन निमार्ण गरी सहभागी गराइएको थियो । जस अन्तरगत आईटीमा ५८, स्वदेशी उत्पादनमा ५८, अन्तराष्ट्रियमा ३४, दैनिक उपभोग्यमा १०५, विविधमा ६५, फुटवयरमा ४४, गार्भेन्टमा १४६, अटोमा २०, होटेलमा २४ स्टलहरु सहभागिता रहेको थियो ।

एक्स्पोमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गर्ने निर्णयानुसार मुल्याङकन समितिको सिफारिसमा उत्कृष्ठ घोषणा गरि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति र ४२ वटा विभिन्न प्रकृतिका उपसमितिहरु गठन गरी काम गरिएको थियो । प्रदर्शनीमा करिव १० लाख दर्शकले अवलोकन गरेको र करिव ४० करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको मेला मुल आयोजक समितिका सहसंयोजक यमलाल लोहनीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ