रौतहट, २२ भाद्र । रौतहट जिल्लाको समग्र स्थिति र विकासको अवस्थाको सम्बन्धमा सार्वजनिकस्थलदेखि चिया पसलसम्म चर्चा हुने गरेका छन् ।
गौर नगरपालिकाको मधेश क्रान्ति चौकमा रहेको एउटा चिया पसलमा सधै भेला हुने विभिन्न क्षेत्रमा सरोकार राख्ने बुद्धिजीवीहरु जिल्लाको राजनीतिक, आर्थिक उन्नति, विकासको प्रगति, बढ्दै गएको दण्डहीनताको अन्त्य तथा विधिको शासन लागू लगायतका विषयमा गहन रुपमा छलफल हुने गर्छन् ।
शनिबार बिहान भएका बुद्धिजीवीहरुको भेलामा भएको अत्यन्त मार्मिक र सान्दर्भिक चर्चाले मन छोयो । राजनीतिक र संचार जगतसँग आवद्ध रहेका समूहमा भएको छलफलको विषय स्थानीय तहमा भइरहेको विभेद, अनियमितता, सामाजिक संजालमा देखिएको पत्रकारप्रतिको वितृष्णा केन्द्रित रहेका थिए ।
समाजवादी पार्टीका नवनियुक्त रौतहट जिल्ला इन्चार्ज वृज कुमार यादवले वर्तमान अवस्था संक्रमणकालीन रहेको बताए । संघीयता माथि चौतर्फी प्रहार भैरहेको अवस्थाले आन्दोलनबाट प्राप्त भएका उपलब्धिको सस्थागत गर्नु चुनौतीको विषय भएको जिकिर गरे ।
तपाईको प्रतिक्रिया