चन्द्रकान्त खनाल, रुपन्देही, २८ माघ । प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले भ्रष्टाचार न्युनीकरणको लागि प्रतिबद्धता जाहेर गरेर मात्र नहुने बताएका छन् ।
प्रतिबद्धता अनुसार काम गरेर देखाउनु पर्ने बताउँदै राज्यका महत्वपूर्ण निकायले पूर्ण रुपमा अनुगमन गर्नुपर्ने कार्यक्रमलाई सम्बोधनका गर्ने क्रममा उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १८ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले नागरिक समाज, पत्रकारहरु जागरुक बन्न सके भ्रष्टाचार न्युनीकरण हुने वताए ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई प्रभावकारी बनाउनु पर्ने बताए । उक्त कार्यक्रममा बोल्दै उनले आयोगमा उजुरी बढ्दैमा भ्रष्टाचार बढेको मान्न नसकिने पनि बताए ।
गलत नियतका कारणले उजुरी बढ्दा विकास निर्माणमा अवरोध सिर्जना भएको मुख्यमन्त्री पोखरेलले बताउँदै अब्यवहारिक कानुन निर्माणले गर्दा पनि भ्रष्टाचार बढेको जनाए ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले भ्रष्टाचारको मुल क्षेत्र पहिचानको आवश्यकता रहेको वताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीमा दर्ता भएको उजुरीका आधारमा रुपन्देही सबैभन्दा धेरै भ्रष्टाचार हुने जिल्लामा पर्दछ भने रुकुम पुर्व सबैभन्दा कम भ्रष्टाचार हुने जिल्लामा पर्दछ ।
आर्थिक वर्ष २०७५÷७६ को पौष मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको ८ सय ८८ वटा उजुरु मध्ये रुपन्देही जिल्लाको २९५ वटा उजुरी परेको छ ,भने रुकुम पुर्वको ५ वटा दर्ता हुन आएको छ ।
त्यस्तै कपिलबस्तु जिल्लाको १९७ नवलपरासी पश्चिमको १७९ ,अर्घाखाँचीको ७२, पाल्पाको ५३ , गुल्मीको ४८, रोल्पाको २७, प्युठानको १२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको अख्तियार दुरुपयोग आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका प्रमुख रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रसाद भुषाल, ज्ञानु पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका उपसचिब नारायण पाण्डेयले वक्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया