कपिलवस्तु, ४ माघ । बुद्धभूमि नगरपालिकाले नगरपालिकास्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।
नगर क्षेत्रका विद्यालयहरुले तयार गरिएको शैक्षिक साम्रगी तथा प्रविधिलाई भृकुटी माध्यमिक विद्यालय बुढ्डी परिषरमा प्रदर्शन गरिएको थियो ।
नगर क्षेत्रका आधारभूत तथा माध्यमिक विद्यालयहरुले तयार पारिएका शैक्षिक साम्रगी र प्रविधि र कलाहरुलाई एक आपसमा शीप आदानप्रदान तथा विद्यालय तथा विद्यार्थीहरुलाई सिर्जनात्मक क्षमताको विकास गर्नका लागि उक्त कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
शैक्षिक प्रदर्शनीमा आधारभूत विद्यालयतर्फ आधारभूत विद्यालय गवदहवा, द्वित्तीय सरस्वती प्रावि लक्ष्मणपुर, तृतिय सरस्वतीमा वि झुसिया भएका थिए ।
त्यस्तै, माध्यमिकतर्फ मावि निमडाडा प्रथम, जनकल्याण मावि वरकलपुर दितिय, मावि इमिलिया तृतिय, भृकुटी मावि सान्तोना भएका थिए ।
प्रथम विद्यालयलाई नगद रु ५ हजार र प्रमाणपत्र दितिय विद्यालयलाई ३ हजार ५ सय र प्रमाणपत्र तृतीय विद्यालयलाई २ हजार ५ सय र प्रमाणपत्र र सान्तोना विद्यालयलाई १ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै वडास्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरिएको छ । उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेन र शनसाइन सामाजिक विकास संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई झोला र स्टेशनरी प्रदान गरिएको छ ।
साथै प्रत्येक विद्यालयका ८–८ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि पोशाक समेत सो अवसरमा वितरण गरिएको छ ।
कार्यक्रममा वोल्दै जिल्ला समन्यव समिति कपिलवस्तुका संयोजक नारायण प्रसाद खनालले कपिलवस्तुको नमुना नगरपालिकाको रुपमा वुद्धभुमी नगरपालिका विकास भएको बताए ।
पुर्णसाक्षर,पुर्ण भर्ना जस्ता सूचक पार गरि शिक्षाको क्षेत्रमा नगरपालिकाले फड्को मारेको हुंदा अन्य विकासमा समेत नगरपालिका लाग्नेमा आफु विवस्त रहेको खनालले बताए ।
त्यस्तै जिल्ला शिक्षा समन्यव इकाइका प्रमुख वावुराम भट्राईले शिक्षाको विकास नै समाजको विकास भएको हुंदा समाजको विकासमा नगरपालिकाको योगदान रहेको चर्चा गरे ।
कार्यक्रममा वोल्दै बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले विद्यालयमा अध्धयन गर्ने विद्यार्थी र शिक्षकको मेहनतले शैक्षिक प्रर्दशनी तथा अतिरित्त क्रियाकलाप संचालन भएको हुंदा विद्यालयमा सूचना मैत्री र प्रविधि मैत्री सिप सिकाउनु पर्ने बेला आएको बताए ।
कितावी ज्ञानको साथ साथै नयां ज्ञान र विश्वका प्रविधिलाई विद्यार्थी सामु लैजानु पर्ने भएकोले नगरपालिकाले प्रविधि मैत्री शिक्षामा लगानी गर्ने बताए ।
सो अवसरमा शाखा अधिकृत हिमलाल विश्वकर्मा, केशव भट्राई,स्रोत व्यात्ति खेमराज पौडेल, कविराज भण्डारी वडा अध्यक्षहरु खिमानन्द न्यौपाने , तिलक वस्नेत, पवन थारु,कपिल तिवारी लगायतले वोलेका थिए ।
तपाईको प्रतिक्रिया