सार्वजनिक सुनुवाईमा नागरिकले टोल फि नम्बर सुचारु गर्नु पर्ने कृषि र पशुमा लगानी गर्नुपर्ने , विद्यालयमा सेनेटरी प्याडको व्यवस्था हुनुपर्ने ,गुणस्तरीय काम हुनुपर्ने तथा पारदर्शी हुनुपर्ने, रोगजारमुलक उद्योग खोलेर युवाहरुलाई रोजगार दिने कार्यक्रम संचालन गर्न माग गरेका थिए ।
नागरिकले उठाएका जिज्ञासाको नगर प्रमुख केशव कुमर श्रेष्ठले जवाफ दिँदै बुद्धभुमि नगरपालिकाले जनतालाई विकासको अनुभुति दिने गरी काम अगाडी बढाएको बताएका छन् ।
उनले गौरवको आयोजनाको रुपमा बुद्धभुमि नगरपालिकाका सबै गाउँलाई समेट्ने गरी चक्रपथ निमार्ण गर्न सुरू भइसकेको बताएका छन् ।
तपाईको प्रतिक्रिया