काठमाडौं, ३ माघ । बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ बैशाख २ गते देखि उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता उडान शुरु गर्न लागिएको बताए । उहाँका अनुसार साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–कोलकत्ता उडान गरिनेछ ।
तपाईको प्रतिक्रिया