बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु, श्रीमानद्वार आत्महत्या

समाचार

1/20/2019

कैलाली, ६ माघ । कैलालीमा श्रीमानले श्रीमतीको हत्या गरी आफू आत्महत्या गरेका छन् ।

जानकी गाउँपालिका–७ गोलौरी बस्ने ३२ वर्षीया रमा चौधरीलाई उनका श्रीमानले धारिलो हतियार बन्चरो प्रहार गर्दा आइतबार बिहान मृत्यु भएको थियो ।

चौधरीलाई उनकै श्रीमान ३५ वर्षीय प्रेमलाल चौधरीले टाउकोमा बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहार पश्चात प्रेमलाल झूण्डीएको अवस्थामा स्थानीय बासिन्दाले पासो काटेर उपचारको लागि टीकापुर अस्पताल पठाएकोमा उपचारको क्रममा प्रेमलालको समेत मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ