ब्युटी पार्लरमा आगलागी हुँदा २५ लाखको क्षति

समाचार

1/20/2019

बाँके, ६ माघ । नेपालगंज उपमहानगरपालिका–३ त्रिभुवन चोकस्थित सनफ्लावर ब्युटी पार्लरमा बिजुली सर्ट भई आगलागी भएको छ ।

आइतबार बिहान आगलागी हुँदा पसलमा रहेको बिभिन्न सामान जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ