बालमैत्री नगर निर्माणका लागि विभिन्न अभियानहरु संचालन गरिएको छ : नगर प्रमुख सरावगी

समाचार

9/16/2018

वीरगन्ज, २९ भाद्र । वीरगंज महानगरपालिकालाई बालमैत्री नगर बनाउनका लागि विभिन्न कार्यक्रमहरु सुरु गरिएको नगर प्रमुख विजयकुमार सरावगीले बताएका छन् । 

वीरगंज महानगरपालिकाले अयोजना गरेको मेयरलाई पत्र लेखन प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रममा नगर प्रमुख सरावगीले बालबालिकाको मानसिक तथा शैक्षिक विकासका लागि महानगरपालिकाले विभिन्न कार्यक्रमहरु लागु गर्ने योजनामा रहेको बताए ।

राष्टिय बाल दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिता कार्यक्रममा पुरस्कृत बालबालिकाहरुलाई पुरस्कार वितरण गर्दै महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियानमा महानगरपालिका लागि रहेको बताए ।
कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासीकय अधिकृत डा भीस्मकुमार भूसालले बालबालिकाको शैक्षिक विकासका लागि विभिन्न कार्यक्रमहरुको निरन्तरर्ता दिने बताए ।

बाल दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको मेयरलाई पत्रलेखन प्रतियोगितामा माइस्थान विद्यापिठकी अनामिका तिवारी प्रथम, विद्या सागर सेकेन्डरी स्कुलकी सविना मल्लिक दोस्रो र सुर्जी देवि माविका कृष्ण प्रसाद कुर्मी तेस्रो भएका छन् ।

उनीहरुलाई क्रमश नगर प्रमुख सरावगी, उपप्रमुख शान्ति कार्की र प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसालले पुरस्कार वितरण गरेका थिए । त्यसैगरी पण्डित रामधेनी तिवारीकी कुसुम कुमारी र गौतम सेकेन्डरी स्कुल सुनिल यादवलाई प्रध्यापकद्धय डा केदार प्रसाद साह र बिशम्बर शर्माले सान्त्वना पुरस्कार प्रदान रेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ