काठमाडौं, १३ साउन । भारतीय जनता पार्टी (भाजपा) का प्रधाभवशाली नेता सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको २ दिने अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन उनी नेपाल आएका हुन् ।
भारतीय संसदको माथिल्लो सदन राज्यसभाका नियुक्त सदस्य उनी चन्द्र शेखर सरकारको पालामा मन्त्री भएका थिए । उनी अर्थशास्त्रका राम्रा जानकार मानिन्छन् ।
तपाईको प्रतिक्रिया