भारतको सहयोगमा बहु–प्राविधिक महाविद्यालय बन्ने

समाचार

1/21/2019

काठमाडौं, ७ माघ । हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालय निर्माण हुने भएको छ ।

महाविद्यालयको भारतीय सहयोगमा फागुन पहिलो सातादेखि निर्माण सुरु हुनेछ । नेपाल–भारतको राष्ट्रपति स्तरमा २०६६ मा महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो ।

भारतीय टीसीआईएन र नेपालको आरोग्य कन्स्ट्रक्सनले संंंयुक्त रूपमा निर्माणको ठेक्का पाएका छन् । महाविद्यालय ५५ करोडमा निर्माण हुनेछ ।

पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात् आईटी, मेकानिकल र इलेक्ट्रिकल विषयमा पढाइ हुनेछ ।

यो महाविद्यालयले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षालय प्रमुख रन्जितकारले बताए । महाविद्यालय स्थापना हुने स्थल हेटौंडा बजारबाट ६ किमि पूर्वमा पर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ