काठमाडौं, २ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १६ औं लोकसभालाई अन्तिम पटक सम्बोधन गर्दा नेपाललाई सम्झेका छन् । करिब आधा घण्टा लामो सम्बोधनमा उनले पाँच वर्षमा विजेपी सरकारले गरेका कामको लेखाजोखा प्रस्तुत गर्दै नेपालमा दुई वर्ष अघि भूकम्पका क्रममा गरेको सहयोगलाई विदेश नीतिको नयाँ सुरुवातका रुपमा व्याख्या गरेका छन् ।
मोदीले नेपाल, बंगलादेश, मालदिभ्स, श्रीलंकामा आएको विपतमा सहयोग गरेको सन्दर्भ उल्लेख गरेका छन् । मोदीले भने, ‘हामीले नेपालसहित अन्य देशबाट हाम्रा नागरिकको सुरक्षित उद्दार ग¥यौँ । मानवताका पक्षमा काम ग¥यौँ ।’ भारतमा चार महिनापछि लोकसभाको निर्वाचन हुने तयारीसँग लोकसभाको वैठकमा मोदीको अन्तिम सम्बोधन थियो । मोदीले आफ्नो कार्यकालमा विश्वले भारतलाई गम्भीरतापूर्वक सुन्ने गरेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया