अवैध मोटरपार्ट्स बरामद

समाचार

8/29/2019

कपिलवस्तु, ११ भाद्र । सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ द्वारा लाखौं रकम बराबरको अबैध मोटरपार्ट्स बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल कृष्णनगरबाट खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ११ झिंगहा चोकबाट भारतबाट अबैध रुपमा भन्सार छली गरि ल्याउँदै गर्दा विशेष सुराकीको अधारमा मोटरपार्ट्स बरामद गरेको छ ।

जसमा ब्रेक वायर १० पिस, सकर सिल ५२ पिस, सकर १० पिस, बुस २३ पिस, चेन २ पिस, फिल्टर ६ वटा, आयल सिल ७ वटा, बेरिंग ४० वटा, म्यागनेट गेयर २ वटा, पल्क ५ पोका, कल्ज प्लेट १ वटा, कटआउट ११ वटा, पट्टी १ के.जी., रड २ वटा र रिक्सा ब्लक ४ वटा रहेको जसको कुल मूल्य रु एक लाख आठ हजार सात सय दुई रूपैयाँ रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ३९ कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ