मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

समाचार

2/22/2019

धनुषा, १० फागुन । मिथिला नगरपालिका–६ स्थित सडकमा स.४ प.११३१ नम्बरको मोटरसाइकल शुक्रबार बिहान आफै अनियन्त्रित भई पल्टदाँ एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय अमितकुमार साहलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय साकेत सिंहको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ