काठमाडौं, २६ भाद्र । ‘मातृभूमिका लागि नेपाली’को केन्द्रीय परिषद्को बैठक बिहीबार सम्पन्न भएको छ ।
सो बैठकले हिन्दू राष्ट्र स्थापनाका लागि नेपालीले विश्वव्यापी हस्ताक्षर अभियानको सुरू गर्ने निर्णय गर्नुका साथै विभिन्न विभागहरू गठन र विभागीय प्रमुखहरूको जिम्मेवारी पनि बाँडफाँड गरेको छ ।
हिन्दू राष्ट्र निर्माणका लागि हस्ताक्षर अभियानअन्तर्गत विश्वभरि छरिएर रहेका नेपालीहरूका बीचमा जो जहाँ छन् ती ती देशमा सो हस्ताक्षर अभियान सञ्चालन गरिने जनाइएको छ ।
हस्ताक्षर अभियानको आरम्भ असोज २६ गते विजया दशमीको कोजाग्रत पूर्णिमाका दिनबाट हुने भेलाले निर्णय गरेको छ । विभिन्न विभागहरू र विभागीय प्रमुख तोकेको छ ।
महासचिव जनकराज जोशीलाई संगठन प्रमुखको जिम्मेवारी दिइएको छ । प्रचार विभागको जिम्मेवारी भवानी शर्मालाई दिइएको छ ।
नीति तथा कार्यक्रम विभाग प्रमुखमा अरूणकुमार सुवेदी चयन भएका छन् । परराष्ट्र विभागको जिम्मेवारी दीपक गजुरेललाई दिइएको छ ।
राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा पूर्वडीआइजी विमला थापा चयन भएकी छिन् । विकेन्द्रीकरण तथा स्थानीय विकास विभागको जिम्मेवारी नारायण कोइरालालाई दिइएको छ ।
आर्थिक विभाग प्रमुखको जिम्मेवारी नरोत्तम श्रेष्ठ र संस्कृति तथा सम्पदा संरक्षण विभागको जिम्मेवारी मणिराज सत्यालले पाएका छन् ।
राजनीति एवं सामाजिक विभागका केन्द्रीय संयोजक देवप्रकाश त्रिपाठीलाई नै जिम्मेवारी तोकिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया