मोदीसँग हातमा हात मिलाएर अघि बढाउन तयार छौं : ओली

समाचार

9/10/2019

काठमाडौं, २४ भाद्र । प्रधानमन्त्री केपी ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

‘दुई देशबीचको सम्बन्ध यति गहन छ कि सहकार्यको कुनै क्षेत्र पनि छाडिएको छैन,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले सिंहदरबारबाट ‘भिडियो कन्फरेन्स’मार्फत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

‘विकासको दृष्टिकोणमा भारत र मेरो विचार मिल्छ । मोदीसँग हातमा हात मिलाएर अघि बढाउन तयार छु । यही भिडियो सम्बोधन मार्फत नै मोदीलाई नेपालको भ्रमणको निम्तो दिन चाहन्छु,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले निर्धारित समयको आधा समयमा परियोजना पुरा भएकोमा प्रशंसा गर्दै नेपाल र भारतबीच मात्र नभएर दक्षिण एशियामै यस्तो खालको पहिलो परियोजना भएको जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ