मधेश आन्दोलनका घाइतेका छोरालाई एन्टाको छात्रवृति

समाचार

9/16/2018

काठमाडौं, २७ भाद्र । अस्ट्रेलियामा बसोबास गरिरहेका तराइएनहरुको संस्था एसोसियशन आफ नेपाल तराई इन अस्ट्रेलियाले आव्हान गरेको छात्रवृतिको लागि पर्न आएको दर्खास्तमा विभिन्न विज्ञहरु लगायतसँग सरसल्लाह गरि छनौट प्रक्रिया अनुसार छात्रवृति पाउने उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

सप्तरी जिल्लाको भारदह वडा न १ का देव नारायण विश्वास र बागेश्वरी देवी विश्वाशका छोरा शिव कुमार विश्वासलाई सो छात्रवृतिप्रदान गर्ने निर्णय भएको कुरा सो संस्थाका अध्यक्ष अरुण कुमार ठाकुरले जानकारी दिएका हुन् ।

देव नारायण विश्वास मधेश आन्दोलनका क्रममा घाइते भएका थिए । विद्यार्थी शिव कुमार बिश्वास २०७५ सालमा १२ क्लास उतिर्ण गरेका थिए ।

एन्टाले स्नातक स्तरको पढाईको लागि इन्जिनियरिंग लगातका विषय अध्ययन गर्नको लागि छात्रवृति प्रदान गर्ने घोषणा गरेका थिए । विश्वाश दम्पतीले छोराको पढाईका लागि गरेको मेहनत र लगनशिलताको लागि एन्टाले दम्पतिलाई धन्यवाद दिदै विद्यार्थी शिव कुमार विश्वासलाई बधाई ज्ञापन र उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ