वीरगन्ज, २१ भाद्र । मानव बेचविखन तथा ओसारपसार बिरुद्धको १३औं राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गरी वीरगन्जमा पनि मनाइएको छ ।
शुक्रबार बिहान वीरगन्जमा घन्टाघरबाट नगर प्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सुरु भएको रेयाली बसपार्कमा पुगी मानव बेचबिखन विरुद्धको चेतनामूलक सडक नटक गर्दै समापन भएको थियो ।
उक्त कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, जिल्ला प्रहरी कार्यालय पर्साका पादाधिकारी लगायत विभिन्न सामाजिक अधियन्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख विजय कुमार सरावगीले मानव बेचविखन जघन्य अपराध भएको बताउँदै यसको विरुद्ध सामाजिक चेतनाको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया