कपिलवस्तु, ६ माघ । कपिलवस्तुको मायादेवी गाउँपालिकाले ५२ जना स्वयम्सेवक शिक्षक भर्ना गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाबाट आर्थिक वर्ष २०७५।०७६ मा शिक्षा क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको थियो ।
त्यहीं बजेट अनुसार थोरै निर्वाह खर्च उपल्ब्ध गराउने गरी स्वयम्सेवक शिक्षक भर्ना गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताएका छन् ।
गाउँपालिका भित्रका सबै विद्यालयहरुको मागका अधारमा स्वयम्सेवक शिक्षकहरुको व्यावस्था गरिएको शिक्षा शाखा प्रमुख रमेश पाण्डेयले बताएका छन् ।
“गाउँपालिकामा शिक्षाको समग्र विकासका लागि शिक्षा क्षेत्र महात्वपूर्ण रहेकोले हामी शिक्षालाई विशेष प्रथामिकताका साथ अगाडी बढाईरहेका छौं” गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताएका छन् । शिक्षा क्षेत्रमा सुधार भए हामी गाउँपालिकाको समाग्र विकासमा टेवा पुग्ने चौधरी बताउँछन् ।
गाउँपालिका भित्र ३ जना माध्यमिक, २२ जना निम्न माध्यमिक र २७ जना प्राथमिक स्वयम्सेवक शिक्षकहरुको आइतबार नियूक्ति वितरण गरिएको छ ।
स्वयम्सेवक शिक्षकमा सबैभन्दा बढी युवाहरु रहेकोले अबका दिनमा शिक्षा क्षेत्रमा धेरै प्रगाति हुने भनेर जनता मा.वि.का अध्यक्ष राजाराम यादवले बताएका छन् ।
तपाईको प्रतिक्रिया