महोत्तरीमा विश्व सरसफाई दिवस मनाइयो

समाचार

9/16/2018

महोत्तरी, ३० भाद्र । महोत्तरी जिल्लामा विभिन्न कार्यक्रमसहित विश्व सरसफाई दिवस मनाइएको छ । सेभ जलेश्वरको ७५औं सप्ताह समेत रहेकोले बृहत रुपमा सरसफाई कार्यक्रम आयोजना गरिएको रोहित साहले बताए । सेभ जलेश्वरले प्रत्येक शनिवार सरसफाई कार्यक्रम गर्दै आएको छ । 

स्वस्थ शरीर र पवित्र मन बनाउन सरसफाई कार्यक्रम गर्ने गरिएको सेभ जलेश्वरका अभियानीहरुले बताए । सेभ जलेश्वरले संचालन गरेको अभियानमूलक कार्यक्रमकै कारण जलेश्वरको भार्गव सरोवर, बरुण सरोवर, पुरन दह सरोवर, जलेश्वरनाथ लगायतका मठमन्दिरको मुहार फेरिएको छ । 

त्यस्तै जलेश्वरसँगै जोडिएको एकडारा गाउँपालिकामा समेत विश्व सरसफाई दिवस मनाइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा माँ दुर्गा युवा क्लवले आयोजना गरेको ¥याली तथा सरसफाई कार्यक्रममा गाउँपालिका अध्यक्ष रामछविला साह, मानवअधिकार पैरवी संजालका संयोजक सखिचन्द्र यादव,राजपाका मिथिलेस ठाकुर, संघीय समाजवादी फोरमका रबिन्द्र यादव, बहुजन शक्तिका जितेन्द्र बैठासहितको उपस्थिती थियो । 

¥याली तथा सरसफाई कार्यक्रममा क्लवका बिनोद पासवान, रोशन साह, उषादेवी पासवान,राकेश यादव, रोशन राम, राधाकुमारी पासवान, मनोज मंडल, विपिन कुमार साह, अनिल कुमार साह, योगेन्द्र यादवको समेत सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ