रौतहट, ११ फागुन । रौतहट जिल्लाको सदरमुकाम गौरमा पहिलो पटक आयोजना हुन लागेको स्थानीय तह पालिका स्तरीय महिला फुटवाल प्रतियोगिता रौतहट गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्थानीय विकास केन्द्र रौतहटले महिला सशक्तिकरण र खेलकूदमा महिलाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले महिला फुटवाल गोल्ड कपको आयोजना गरेको हो ।
सामाजिक, राजनीतिक, आर्थिक रुपमा पछि परेका महिलाहरुलाई खेलकूदमा पनि सहभागिता गराउने लक्ष्य आयोजक संस्थाको रहेको अध्यक्ष दिनेश यादवले बताएका छन् ।
उत्तरी क्षेत्रका महिला बालिकाहरु फुटबलमा अग्रस्थानमा रहेको भए पनि दक्षिणी क्षेत्रमा रहेका मधेशी समुदायका महिलाहरु पिछडिएकाले बालिकाहरुलाई क्रिकेट, फुटबल, भलीबल, बास्केटबाल, बैडमिन्टन खेलमा सक्रियता हुनु पर्ने चाहना सस्थाको रहेको छ ।
तपाईको प्रतिक्रिया