जनकपुरधाम, ८ भाद्र । कृष्ण जन्माष्टमीको अवसर पारेर रुकमिणीसर विकास समिति जनकपुरले पोखरीको सरसफाई गर्नुका साथै पोखरीको डिल बाटोघाटो समेत सरसफाई गरेको छ ।
समितिले विगत डेढ वर्ष देखि नियमित रुपमा हरेक शनिवार रुकमिणीसर पोखरीको सरसफाई गदै आएको हो ।
समितिका कोषाध्यक्ष विजय कुमार सिंहका अनुसार पोखरी सफाईको अभियान संचालन भएपछि विभिन्न बाधा विरोध भएपनि हामीले पोखरीको सरसफाईलाई बन्द गरिनौ र पोखरीको सरसफाई हेर्दा गंंगा सागर जस्तै सफा सुन्दर भएको छ ।
समितिले पोखरीको सौन्र्दयकरणका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससँग पनि कुरा गरेको तर महन्थ ठेकेदारको पक्षमा बढी वकालत गरेका कारण पोखरी सरसफाई अभियानीहरुमाथि पोखरीमा माछा पालन गर्दै आएका ठेकेदारले उच्च अदालतमा मुदा गरी विरोध गरेपनि समितिले सरसफाईलाई बन्द नगरेको समितिका उपाध्यक्ष आनन्द कुमार झा बताउँछन् ।
रुकमिणीसर पोखरीको सौन्र्दयकरणका लागि मुख्यमन्त्रीको कार्यालयमा केही बजेटका लागि निवेदन दर्ता गराईएको छ तर हाल सम्म कुनै सहयोग नभएको बताउँछन् उपाध्यक्ष झा ।
सरसफाई कार्यक्रममा समितिका पदाधिकारी, फोरमको केन्द्रिय सदस्य महाजन यादव, मन्त्रालय भित्र रहेका नेपाली सेनाका सह—सेनानी विद्युत कुमार बस्नेतको २० जनाको टोली सिटी मन्टेश्वरी स्कुलका विधार्थी तथा स्थानीय टोलवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया