विराटनगर, ११ भाद्र । मोरङको बेलबारीमा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ बेलबारी–२ का ३२ वर्षीय जिवन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । सामुदायिक बनमा रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया