काठमाडौं, १० भाद्र । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पास भएको छ ।
संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
विपक्षीसँगै सत्तारुढ सांसदहरुको विरोधका बीच यो विधेयक पास भएको हो । यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले विधेयक नआउँदै परिचयपत्र बाँड्ने काम भएको भन्दै सरकारको कार्यशैलीले संसदको अपमान गरेको भन्दै आक्रोश पोखेका थिए ।
तपाईको प्रतिक्रिया