बाँके, २३ भाद्र । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने आशिष न्यौपाने र सोही ठाउँ बस्ने भुपेन्द्र कार्कीलाई नियन्त्रित लागूऔषध सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमध्ये आशिषको साथबाट स्पास्मो ४० ट्याब्लेट तथा भुपेन्द्रको साथबाट सोल्भिन ३० ट्याब्लेट र नाईट्रोजेपाम १५ ट्याब्लेट बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया