विजयनगरमा वृहत सांस्कृतिक कार्यक्रम हुने

समाचार

2/17/2019

कपिलवस्तु, ४ फागुन । कपिलवस्तुको सुन्दर एवं समृद्ध विजयनगर गाउँपालिकाका लागि वृहत संस्कृतिक कार्यक्रम यही फागुन १० गते वडा नं.६ प्रेमनगर हरिवोध प्रा.वि.मा हुने भएको छ ।

साथै विजयनगर साप्ताहिक क्लिनिक र विजयनगर एफ.एमको उद्घाटन कार्यक्रम रहेको अयोजकले जानकारी गराएको छ ।

कवि सम्मेलन एवं मुशायरा कार्यक्रम भारत तथा नेपालका कविहरुको सम्मेलन हुने जसमा अनायिका अम्बर जैन, सबिना अदिल, अना देहलवी, जौहर कानपुरी, रमेश बसुरी, डा.अनिल चौबे, जाहिद आजाद, सौरभ जैन उद्घोषक रहने अयोजक समितिले जनाएको छ ।

कविहरुले कविताका माध्यमद्वारा समाज र देशमा भएको विभिन्न विकृति, विसङ्गती र भ्रष्टचारलाई न्यूनीकरण गर्न कविताका रचनाबाट जनता सचेत हुने विश्वासका साथ गाउँपालिकाले कवि सम्मेलन गर्न लागेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ