वीरगन्जमा माघी पर्व मनाइयो

समाचार

1/16/2019

वीरगन्ज, २ माघ । थारु समुदायको नयाँ वर्ष २६४३औँ सालको अवसरमा विरगन्जमा हर्षाेल्लासका साथ माघी पर्व अर्थात खिचडी पर्व मनाइएको छ ।

वीरगंजमा रहेका अधिकांश थारु समुदायका महिला तथा पुरुषहरुले यो पर्व प्रत्येक वर्ष मिठो–मिठो खाने पारिकारहरु बनाई एक आपसमा प्रसाद स्वरुप खाँदै थारुहरुले आपसी सम्बन्ध बलियो बनाउने गरेका छन् ।

वीरगंजको स्वीमीङ्ग पुल परिसर भित्र भएको माघी (खिचडी) महोत्सव २०७५ मा सहभागीहरुलाई थारु समुदायले आफ्नै संस्कृतिका भेषभुषा लगाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ