वीरगन्ज महानगरमा अचार बनाउने तालिम उद्घाटन

समाचार

1/18/2019

वीरगञ्ज, ४ माघ । वीरगंज महानगरपालिकाको आयोजना र महिला मुस्लिम उत्थान मञ्चको सहयोगमा अचार बनाउने तालिम उद्घाटन भएको छ ।

उद्योग प्रवद्र्धन सिप विकास प्रवद्र्धनका लागी महिला मुस्लिम उत्थान मञ्चका अध्यक्ष सायदा खातुनले विरगंज को वडा नं. ६ समितिको सभाहलमा अचार तालिमको शुभारम्भ गरेकी छन् ।

पाँच दिनसम्म चल्ने यस अचार बनाउने तालिममा १५ जना महिलाहरुकोे सहभागि रहेको संस्थाका अध्यक्ष सायदा खातुनले बताइन् ।

तालिम गर्नेहरुमा विष्णु गिरी, बिकिन खातुन, रेखा कर्ण, शिला रौनियार, सहनाज खातुन, गुडिया राउत, रेहाना खातुन अमृता झा, रेखा साह, गुलनेरा खातुन, तबस्सुम खातुन, रजिया खातुन, रिता साह लगायत १५ जना महिलाहरुले अचार बनाउने तालिम लिइरहेका छन् ।

तालिमको उद्घाटन कार्यक्रममा वडा नं. ६ अध्यक्ष ध्रुव प्रसाद नेपालले मैनबत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा महिला मुस्लिम उत्थान मञ्चका अध्यक्ष सायदा खातुन, वडा नं.६ का अध्यक्ष ध्रुव प्रसाद नेपाल, वडा सचिव गोपाल प्रसाद मरहट्टा, समिर कुमार उपाध्याय र वडा सदस्य राजु खड्गी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ