काठमाडौं, १३ भाद्र । व्यवसायी तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरण गर्ने भएका छन् । एकल कविता वाचनका माध्यमले प्रवासमा बस्ने नेपाली समुदायलाई जागरूप गराउन विश्व काव्ययात्राको दोस्रो चरण आयोजना हुन लागेको हो ।
आगामी सेप्टेम्बर ८ देखि क्यानडाको टोरन्टबाट विश्व काव्ययात्राको दोस्रो चरणको सुरूवात हुँदैछ । विश्व काव्ययात्राको १८ औं शृंखलाको आयोजना क्यानडामा रहेको नेपाली साहित्य समाजले गर्दैछ । त्यसलगत्तै अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर ११, भर्जि्नियामा सेप्टेम्बर १५ मा काव्ययात्रा हुनेछ ।
सन् २०१२ मा अमेरिकाको न्युयोर्कबाट सुरू भएको विश्व काव्ययात्रा बेलायत, भारत, जापान र अस्ट्रेलियालगायत देशमा पुगेर १७ औं शृंखला सम्पन्न भइसकेको छ ।
तपाईको प्रतिक्रिया