समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लत्ताकपडा वितरण

समाचार

1/21/2019

धनुषा, ७ माघ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नगराईन नगरपालिका–८ गंगोलीस्थित पूर्वीटोलमा जाडोको समयमा चिसोबाट जोगिनका लागि स्थानीय गरिब, विपन्न, दलित, बृद्ध, जेष्ठ नागरिक, एकल महिला, असहाय, असक्तहरु गरी १५ जनालाई १५ थान ऊनी कम्बल र महिलाहरुका लागि ४० थान प्याड वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजना, गान्धी इन्टरनेशनल मिसन नेपालको सहआयोजना तथा क्लोथ्स वैंक जनकपुर, सरस्वती युवा क्लब गंगोली धनुषाको सहयोगमा सोमबार आयोजित एक कार्यक्रममा उक्त सामान वितरण गरिएको हो ।

क्लोथ्स बैंकका अध्यक्ष राजिव झा, असहाय संरक्षण मञ्च धनुषाका अध्यक्ष बैधनाथ साह, हेल्थ प्रोग्राम डाईरेक्टर उद्घब कुमार कार्की, सरस्वती युवा क्लबका अध्यक्ष मिथुन राय, स्थानीय संचारकर्मी, भद्रभलादमी, समाजसेवी, तथा स्थानीयबासिन्दाहरु समेतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ