धनगढी, १९ पुस । कैलाली जिल्लाका कतिपय स्थानीय तहबीच देखिएको सिमाना विवादको समाधानका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा छलफल गरिएको छ ।
विवाद देखिएका स्थानीय तहका प्रमुख र जनप्रतिनिधिको सहभागिता रहेको छलफलमा उनले आपसी समन्वय एवं समझदारी बनाएर देखिएका सीमा विवाद समाधान खोज्न निर्देशन दिए ।
छलफलमा आगामी दिनमा आ–आफ्नो स्थानीय तहको सिमाना यकिन गर्न सम्बन्धित विज्ञको सहयोगमा नापनक्सा भिडाएर अगाडि बढ्ने समझदारी भएको छलफलमा सहभागी गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले बताए ।
तपाईको प्रतिक्रिया