संविधान दिवस भव्य रुपमा मनाऔं : सञ्चारमन्त्री बास्कोटा

समाचार

8/28/2019

काठमाडौं, ११ भाद्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस आ–आफ्नो स्थानबाट भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उप–सिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको बताए ।


उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा पनि जोड दिए ।

उनले भने ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस मनाउन दिइएको हो ।’

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ