संविधान विरोधी र सीके राउतसम्बन्धी समाचार सामाजिक सञ्जालमा सेयर गर्दा जागिर खोसियो

समाचार

9/23/2018

जनकपुरधाम, ७ असोज । संविधान विरोधी तथा डा.सीके राउतसम्बन्धी समाचारका लिंकहरु सामाजिक सञ्जालमा सेयर गर्दा धनुषा जिल्ला अदालतमा कार्यरत् एक कर्मचारीको जागिर गएको छ ।

धनुषा जिल्ला अदालतमा कार्यरत कर्मचारी गुञ्जा रायले असोज ३ गते संविधान दिवसका दिन संविधानविरोधी समाचारको लिंक सेयर गरेको भन्दै अदालबाट निकालिनु परेको दुःखेसो पोखेकी हुन् ।

‘मधेशमा ब्ल्याक आउट, प्रदेश २ का मुख्यमन्त्री संविधान दिवसमा सहभागी भएनन्’ तथा सिके राउतसम्बन्धी समाचार सेयर गरेको भन्दै आफूलाई अदालतले जागिरबाट निकालेको उनको आरोप छ ।

आइतबार बिहान जनकपुरधामको नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा पत्रकार सम्मेलन गर्दै रायले असोज ४ गते आफूलाई जिल्ला अदालतका श्रेस्तेदार राधाकृष्ण झाले बोलाएर संविधानविरोधी पोस्टहरू सेयर किन गरेको भनी मौखिक स्पष्टीकरण लिएको र भोलिपल्ट आफ्नो काममा जाँदा आफूलाई म्याद सकिएको पत्र दिएर घर जान भनेको पत्रकार सम्मेलनमा रायले सुनाइन् ।

यता, जिल्ला अदालत धनुषाका श्रेस्तेदार राधाकृष्ण झाले गुञ्जा राय करारको कर्मचारी भएको र उनको काम सन्तोषजनक नभएकोले म्याद थप नगरिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ