सांसद चौधरी ‘नारी उद्यमी अवार्ड’बाट भारतमा सम्मानित हुने

समाचार

1/20/2019

काठमाडौं, ६ माघ । भारतको वाराणसीमा जनवरी २१ देखि २३ सम्म हुने १५ औँ प्रवासी दिवसको कार्यक्रममा संघीय संसदकी सदस्य चन्दा चौधरीलाई सम्मान गरिने भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालबाट संघीय संसदकी सदस्य तथा नेपाल–भारत महिलामैत्री समाजको संस्थापक अध्यक्ष रहेकी चौधरीलाई नारी उद्यमी अवार्ड २०१९ बाट सम्मान गर्न लागिएको हो ।

भारतको गान्धी स्मृति, दर्शन समिति र संस्कृति मन्त्रालयको तर्फबाट प्रदान गरिने उक्त कार्यक्रमको सहजिकरण बि एण्ड एस फाउण्डेशनले गर्नेछ । तीनदिने कार्यक्रममा बिश्वका बिभिन्न मुलुकबाट सयौं महिला नेतृ सहभागी हुनेछन् ।

चौधरीले ग्रामीण क्षेत्रका महिलामा जनचेतना जगाउने, सीमान्तकृत महिलाहरुलाई मूलधारमा ल्याउन क्षमता अभिवृद्धि जस्ता कार्यक्रम गर्दै आइरहेकी छिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ