हुल तथा दंगा व्यवस्थापन तालिम उद्घाटन

समाचार

1/7/2019

काठमाडौं, २२ पुस । सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको सि.सं. २६८ हुल तथा दंगा व्यवस्थापन तालिम सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा आयोजित एक कार्यक्रमका वीच उक्त तालिमको उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्दै तालिमलाई अवसरको रुपमा उपयोग गर्दै प्रशिक्षणको दौरानमा बढीभन्दा बढी ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरु तल्लीन रहनुपर्ने बताए ।

तालिमबाट आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा बढीभन्दा बढी उपयोग गर्दै मानव अधिकारको पूर्णरुपमा रक्षा गर्दै संगठनको नीति बमोजिम उत्कृष्ट कार्यसम्पादनमा सकृय रहनुपर्ने बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यका लागि सधैं कटिवद्ध रहनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ