हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन भारतीयको आग्रह

समाचार

3/4/2019

काठमाडौं, १५ फागुन । भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रमअन्तर्गत गुवाहाटीमा भारतीयले उक्त सुझाव दिँदै यी कुरा प्रभावकारी बनाए आफूहरू पर्यटक पठाउन तयार रहेको बताए ।

टूर अपरेटर एशोसिएसन अफ अछामका सचिव कुलदीप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाई एवं सडक यातायत सेवा सहज नभएको टिप्पणी गरे ।

हवाई सेवा र सडक यातायात सेवालाई प्रभावकारी बन्न सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले बतए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले नेपाल भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताउँदै नेपालको भ्रमण गरिदिन आग्रह गरे ।

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाईमार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडकमार्गबाट आएका छन् ।

कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारीलगायतले नेपालको पर्यटनका लागि भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै हवाई एवं सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेजस्ता सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ