२० हजारको पटाका बरामद

समाचार

8/28/2019

धनुषा, ११ भाद्र । मुखियापट्टी मुसरहमिया गाउँपालिका–३ तल्सियाही पुलबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटका बुधबार बिहान प्रहरीले फेला पारी बरामद गरेको छ ।

उक्त स्थानमा प्रहरी चौकी तुल्सियाहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचति व्यक्तिहरुले महोत्तरीको मठियानिबाट तुल्सियाहीतर्फ टाउकोमा बोकी ल्याउँदै गरेकोहरु प्रहरीलाई देख्नासाथ छोडेर भागेका थिए ।

छुरछुरी सानो ठूलो गरी ९० प्याकेट, सुत्ली बम (पटका) २० प्याकेट, फुलझरी १० प्याकेट, चक्र ५ प्याकेट, नागिना ७५ प्याकेट गरी उक्त मूल्य बराबरको पटका फाली फरार भएपश्चात उक्त पटका प्रहरीले बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ