७ लाख ३८ हजार रुपैयाँ बराबरको लौकाट बरामद

समाचार

1/17/2019

नवलपरासी, ३ माघ । नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ६ स्थित पडरी भन्ने स्थानबाट एपीएफ टोली तथा भन्सारका कार्यालयका कर्मचारीले करीव ७ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार सय ९२ वटा लौकाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई राखेको उक्त लौकाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो ।

बरामद लौकाट एपीएफ टोली तथा भन्सार कार्यालयका कर्मचारीको रोहवरमा खाल्डो खनी नष्ट गरिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ